सपनाको तरंगमा
तरंगित हुँदै
उठ्यो राम बहादुर
र गहिरिएर सम्झदै
छ आफुले बिहानीमा देखेका
ती तिता-मिठा
सपना
साहुको ब्याज र
रिन चुक्ता गरेर
बन्धकीमा परेको
आफ्नो खेतबारी
साहुको हातबाट
फिर्ता लिएको ,
छोरा र छोरीलाई
इस्कुलमा शिक्षा- दिक्षा दिएर
र ठुला र
जिम्मेदार मान्छे बनाएको,
घरको छाना र
दीवार मर्मत गरेको।
दसैंको मुखमा
पत्नीलाई एकसरो सारी-चुरा
र छोरा-छोरिलाई
आधुनिक कपडा
अनि आफुलाई चै
एकसरो दौरा-सुरुवाल र ढाका टोपी
अनि दसैंको लागि
एउटा ब्रोइलर कुखुरा
किनेर यसपालाको
दसैं मानेको ।
पोहोराको दसैं
पैसाको अभावमा मानिएन
छिमेकमा मासु
पाक्यो, उस्कोमा साग र सिस्नु
छिमेकका
केटाकेटीले नयाँ लुगामा पिङमा मच्चिये
तर उस्का भने उही
पुरानो लगाएर भाडा-कुटी खेले।
घरका भित्ताबाट
पानी निस्के , छानाबाट पानी
चुहिए
अनि उसका सबै
सामान पानीको पोखरीमा भिजे।
राम बहादुर
सम्झन्छ उसका सपना अगाडि
घरमा मिठो-मसिनो
र धनीका जस्ता
धेरै नातेदार न
आए नि कोही रातो टिका थाप्न आएको
पोहोराको जस्तै
जमरा खेर नगएको
दुर्गामाताको
अलिकती भए नि आशिस र कृपा पाएको ,
उसको सानो तर
सुखी परिवारले लामो अन्तरालपछि
सँगै मिलेर दसैं मानेको र हासेको