Monday, September 16, 2019

I want to meet that person

I would like to meet that person
who will bring energy, fun and synergy in my mundane lifestyle
who will shine like a firefly paving the path towards light in the dark gloomy night
who will make me awestruck with positive vibes and surprise


I would like to meet that person
Who is capable of making my heart stop for a sec and then ......
Beat faster again
who can show me the greatest miracles of life and love
who can render me speechless with simple utterance of my name

I would like to meet that person
who is capable of stopping mighty time
who can calm me down and soothe me with her smile and calm demeanor
who can tell me where I go wrong and guide me ; if I cease to go in wrong path

I want to meet that person
whose sweet voice is enough to reduce my tension, worries and pressure
whose touch is enough to send electrifying chills down my spines
whose deep gaze is enough to scan my troubles and reach my inner heart

I want to meet that person
who can help me unburden myself
and show my true purpose in life
who can help me redeem myself and
become a better version of myself
who can reach the deepest corner of my soul and react well with it
who can teach me to enjoy all the good things in life sans materialistic joys

I want to meet that person
who can make me go gaga over
her attitude, honesty and kindness
who can make me fall in love
with
HER
more and more
EVERY DAY

Let Me Be the ONE

Let Me Be the ONE
to wipe off your tears from your face
Let me be the one
to keep you happy and gleeful
Let me be the one
to steal your sadness
Let me be the one
to be your shield against the mighty enemies
Let me be the one
to become your pillar of support when you are weak
Let me be the one
to become sunshine to wash away your nightmares
Let me be the one
to wash all of your sins away
Let me be the one
to become your first and last breathe
Let me be the one
to love you for who you are -- for eternity
Let me be the one
to help you rise from the ashes like a Phoenix
Let me be the one
to care for you just the way you are--ANGEL from HEAVEN.

परदेशीको पिडा भाग १

कतारको चर्को गर्मीमा
पसिनाको भेल बग्ने गरि
ड्युटीमा खटिएको रामे
लखतरान भएर
आफ्नो कोठामा आएर
चिसो पानीले हम्केर ,
सेकन्ड ह्यान्डमा किनेको
सेमसङ्ग मोबाइलमा
गामबेसीमा मेलापात गरेर बसेकी
पुज्य आमालाई फुन लाउदै भन्छ ----

प्यारी आमा ,
डाइबिटिजको ओखती त
तिमिले टाइम मा लेकि छौ नि?



-------------------------------------------------------------------------

पतिको कतारमा
रोजगारीका क्रममा
असामयिक निधन भएपछि
शोकमा डुबेकी
.........
आफ्ना लालाबालाका
उज्ज्वल भविस्य निर्माण
गरि शिक्षा दिक्ष्या
दिइकन ठूला मान्छे
बनाउन भनी
गैर कानुनी तवरमा
अरब जान्छिन
तर
बिचरीलाई के थाहा कि
त्यहाँ उसको इज्जत
र अस्मिता लूटिनेछ भनी?

सायद

सायद,तिम्रो त्यो मुस्कान ,
सिम्पल जीवन ,
गलाको डिम्पल,
मृदु वचन ले
अनि शालीन बेहोराले
कुनै जादु गर्यो कि ? ?

स्नातक तह उत्तिर्ण गरेपछि राम्रो जागिर
खाएर बा-आमा पाल्ने सपना देखेको उ
अनेकन ठाउँ डिग्रीका कागजातहरु बोकेर
अन्तर्वार्ताका लागि चाहर्दा चाहर्दै थकित र लखतरान
भएर आज चोकतिरको जैसवाल पान पसलमा
गएर एउटा सुर्य चुरोट सल्काउदै छ

सोच्दैछ मनमनै
- "यहाँको डिग्रीले काम पाउला जस्तो छैन ।
लागुँ कि के हो म पनि
गामकै ठुले, साइला, काइला, आप्पे,
आदि साथीहरु जस्तै खाडीतिर रोजगारी गर्न।"

त्यो जवान युवक

त्यो जवान युवक जसलाई समाजले
बेरोजगार र आवाराको ट्याग लगाएको छ,
उ पलपल आफ्नो बुढा भाको बा,
दम र खोकीले दिनरात तड्पिने आमा,
कलकलाउदो बैसमा घरखर्च टार्न ओभर टाइम गर्ने दिदी

आफु स्वयमका लागि सुन्दर सपना साचेर काठमाडु
जस्तो विराट, विशाल र साँघुरो शहरमा दिन र रात
डिग्री र सर्टिफिकेट बोकी लखतरान , अनवरत
कर्पोरेट संस्थानहरुको ढोका ढकढकाउदै छ
र;
केही सिप नलाएशी चुरोटको धुवाँसङ्गै आफु
र पिर मर्कालाई हावामा उडाउदैछ।

शहीदगेट

शहीदगेटको त्यो प्रतिमा,
देशका लागि प्राणको आहुती दिने
ति अमर अजहर चार शहीद
अनि,
जन आन्दोलन र जनयुद्धमा बलिदानी दिने
ति सबैका आत्माहरुले एकै स्वरमा
वर्तमान नेताहरुलाई प्रश्न गर्दा हुन् ?
हामीले कस्तो नेपालको परिकल्पना गरेका थियौ ?
र तिमीहरुले देशको हाल कस्तो गर्यौ ??
हामीले जनताका हितमा काम गर्न सुझाएका थियौ
तर , तिमीहरु त आफ्नै दुनो सोझ्याउन तत्पर छौ ! किन ? ?
लडाईं लड्न केवल जनताका छोराछोरीहरुलाई पठायौ
तर, आफ्ना सन्ततिहरुलाई चै ऐश-ओ-आरामको बातावरण दियौ ! किन ??
प्रगतीशील भाषण र झुठा वादा गरेर जनताका मन जित्यौ (आफ्नै आँखामा)
तर, ग्रामीण नेपालमा त तिमीहरुका भाषणको केही प्रभाव नै छैन ! किन ??

खोइ ? ? ?

आज बाल दिवस अर्थात,
बालबच्चाको लागि एकदमै बिशेष दिन रे !
तर ,
खोइ त सडक बालबालिकाहरुको पिर मर्का बुझेको ?
खोइ त होटेलमा श्रमिक बन्न वाध्य बालकहरुको दु:ख बुझेको ?
खोइ त बसपार्कमा चर्को घाममा पानी र खाजा बेच्नेहरुका समस्या सुल्झेको ?
खोइ त न्युरोड गेटतिर पसल थापेका बालकहरुका समस्या सुल्झेको?
खोइ त गामबाट शहर ल्याइएका बालकहरुको उद्दार भएको?
खोइ त मठ-मन्दिरमा माग्न बेबस बालकहरुलाई साथ, सहयोग र हौशला मिलेको?
खोइ त गामबाट इन्डियाको सर्कसमा बेचिएकाहरुको उद्दार भएको?
खोइ त न्याय ?
खोइ त सरसहयोग ?
खोइ त पर्याप्त माया पिरेम ?
खोइ त उनीहरुलाई साँचो अर्थमा बाल दिवसको एहसास भएको ? ? ?

नेता र बाल दिवस

आज बिहान एक जना गिनेचुनेका नेताजिले गाम-ठाममा आएर
बाल दिवस र बाल अधिकारका बारे कडा भाषण दिएर आए
र,
घर आउने बित्तिक्कै आफ्ना आजै लाएको सुट सेट धुन ,
स्कोर्पिओ गाडीलाई मजाले धोएर साफ गर्न,
नमैलेका कालो जुत्तामा पालिस लाउन,
बेलुकाको लागि डिनर तयार गर्न,
सुत्नु अघिको खानकीका निम्ती सेकुवा र रक्सी
तयार गर्नलाई परमादेश जारी गर्दछन्,
आफ्नै गामका गरीबिले थिचेका र बाको निधन पस्चात्
दम -खोकीले आकुल व्याकुल मातेश्रीको औशधोपचारका लागि
नेताजीको घरमा आश्रित
देशको भविस्यलाई आफ्नो काँधमा
बोकी हिंड्ने र कर्णधार बन्नुपर्ने
अबोध र निस्चल रामुलाई
जो उमेरमा नेताजीकै कान्छो छोरोसरह छ