Monday, October 13, 2014

राम बहादुरको सपना


सपनाको तरंगमा तरंगित हुँदै
उठ्यो राम बहादुर
र गहिरिएर सम्झदै छ आफुले बिहानीमा देखेका
ती तिता-मिठा सपना   

साहुको ब्याज र रिन चुक्ता गरेर
बन्धकीमा परेको आफ्नो खेतबारी
साहुको हातबाट फिर्ता लिएको ,
छोरा र छोरीलाई इस्कुलमा शिक्षा- दिक्षा दिएर 
र ठुला र जिम्मेदार मान्छे बनाएको,
घरको छाना र दीवार मर्मत गरेको।

दसैंको मुखमा पत्नीलाई एकसरो सारी-चुरा
र छोरा-छोरिलाई आधुनिक कपडा
अनि आफुलाई चै एकसरो दौरा-सुरुवाल र ढाका टोपी
अनि दसैंको लागि एउटा ब्रोइलर कुखुरा
किनेर यसपालाको दसैं मानेको ।

पोहोराको दसैं पैसाको अभावमा मानिएन
छिमेकमा मासु पाक्यो, उस्कोमा साग र सिस्नु
छिमेकका केटाकेटीले नयाँ लुगामा पिङमा मच्चिये
तर उस्का भने उही पुरानो लगाएर भाडा-कुटी खेले।
घरका भित्ताबाट पानी निस्के , छानाबाट पानी चुहिए 
अनि उसका सबै सामान पानीको पोखरीमा भिजे।

राम बहादुर सम्झन्छ उसका सपना अगाडि
घरमा मिठो-मसिनो र धनीका जस्ता
धेरै नातेदार न आए नि कोही रातो टिका थाप्न आएको 
पोहोराको जस्तै जमरा खेर नगएको 
दुर्गामाताको अलिकती भए नि आशिस र कृपा पाएको ,
उसको सानो तर सुखी परिवारले लामो अन्तरालपछि
सँगै मिलेर दसैं मानेको र हासेको   

Monday, September 15, 2014

हाम्रा वर्तमान नेता

हाम्रा वर्तमान नेता
-प्रबिण ढुंगेल

हाम्रा वर्तमान नेता देश सपार्ने कुरा गर्छन्
तर सपार्छन आफ्नै घर-परिवार र पार्टी ,  
देशको मुहार बदल्ने कुरा गर्छन्
तर बदल्छन् आफ्नै चरित्र र पहिचान ,
यो गर्ने , त्यो गर्ने भन्छन
तर खास केही गर्दैनन   

युगगामि- अग्रगामी परिवर्तनका भाषण छाट्छन
तर उही ताल देखाउछन ,
वि. पि., मदन भण्डारी, गान्धी, लेनिन, मार्क्स आदिका सिदान्त मान्नु पर्छ भन्छन
तर आँफै अनेक सिदान्त बनाउदै र तोड्दै जान्छन ,
देशको विकास् गर्ने कुरा गर्छन्
तर गर्छन् विनासै विनास ,
गर्छन् घ्रिणित राजनीति सबैमा
चाहे सजिव होस् या निर्जिव ।  

विरामी देशको घाऊ निको पार्ने वाचा गर्छन्
तर गर्छन् आफ्नै घाऊ निको र
लाउछन देशको आलो घाउमा नून थप्ने काम ।  

अखन्ड राष्ट्र नेपालको सपना देखाउछन जनतालाई
तर आँफै देशलाई बिखन्डनतर्फ  धकेल्दैछन
हाम्रा वर्तमान नेताहरु


गोलमेच सम्मेलन, भेट-वार्ता,बैठक गर्छन्
महँगो तारे होटेलहरुमा , समस्याको समाधान खोज्नलाई
र खान्छन् विभिन्न भेज र नन - भेज परिकारहरु ,
देश र जनताका लागि राजनीति गर्ने कसम खान्छन् 
तर धन र सत्ताको खेलमा नै सधैं व्यस्त रहने गर्छन्
हाम्रा नेताहरु

हाम्रा नेताहरु गुण्डाको खेती गर्छन्
तर खेतिपाती गरी जीवन धान्ने गरीब किसानहरुको
अनेकन समस्या नै हल गर्दैनन्  ,
नेपाली युवाहरुका लागि उचित शिक्षा र रोजगारीको अवस्था सिर्जना गर्दैनन्
तर कुरा गर्छन् युवा हित  र युवा नितिको



अब त अत्ती नै भयो हाम्रा नेताहरु
देश र जनताले धेरै पर्खिएको संबिधान चाहियो ,
जन-आन्दोलन र जनयुद्धका शहिदहरुको सपना पुरा हुनुपर्‍यो ,
जनताको त्याग र बलिदानको सहि कदर हुनुपर्‍यो ,
नयाँ नेपालको खाका तयार पार्नुपर्‍यो

नेताहरु हो , अब आफ्नालागि  भन्दा बढी
देश र जनताका लागि सोच र गर।
आपसी खटपट त्यागी नयाँ नेपालको निर्माणका लागि
काधमा काध र हातमा हात राखी अगाडि बढ,
नयाँ पहिचान र नयाँ आत्म-सम्मानका साथ अगाडि बढ
हामी सबै जनता तिमीहरुलाई साथ दिन तयार छौ
आफुमा नयाँ जोश र परिवर्तनका लहर ल्याइ
देशको पुन: संरचना गर्न अगाडि बढ
हाम्रा नेताहरु।।



          
     

       


  
     


 
  

  


  

कोशीको त्यो बाढीमा

कोशीको त्यो बाढीमा








    - प्रबिण ढुंगेल

कोशीको त्यो बाढीमा
देख्दछु म जीवन सकिएको
मानिसहरुको घर-बार बगाएको
जिउने आधार नाशिएको
पशुहरु बगएको , बस्ती नै बगएको
अमुल्य प्राणहरु खोशिएको
सहयोगका लागि गरिएका हार- गुहार बाढीमा मिसिएर बिलाएको
कसैका बर्तमान, कसैका भबिश्य त कसैका अतित मेटिएको , नाशिएको


यो बाढीमा देख्दछु म अनेक लीला
छ जताततै बिनाश र मृत्‍युको लीला
कतै छ बनजंगलको बिनाश त कतै बाटोघाटो र पुल पुलेशाको दुर्गति
कतै छ असपतालमा बिमारिको लामो ताती
कतै छ कुहिएका लाशहरुका नमिठो दुर्गन्ध

देख्दैछु म केही समयअगाडि को सुन्दर र शान्त ठाउँ
अहिले मरुभुमीमा परीणत भएको दुर्दशा
त्यो परीवेश कुरुप र बिचलित बनेको
कोशीको त्यो बाढीमा

देख्दैछु निर्दयी बाढीले घरजग्गा बगाएको
र त्योसँगै बिभिन्न रोगको महामारी ल्याएको
राजमार्ग काटेर ठुलै ताल बनेको र बाढीको पानीमा
अाफ्ना घरबार , सन्तति, घर-परिवार , आफन्त , छरछिमेक,
खुशीयाली आदी सब गुमाएका र मुस्किल ले ज्यान बचाएकाको अबिरल आशु मिशिएको

कोशीको त्यो बाढीमा सुन्दैछु म मेरा दुबै कानले
ति कठै बिचरा पीडितहरुको सरकार सँग गरिएका राहत र सहयोगको याचना
र तिनका चित्कार, रोदन,क्रन्दन र बिलौनाहरु तेही बाढीमा बालुवाको पानी झै मिशिएर गायब भएको