Monday, October 13, 2014

राम बहादुरको सपना


सपनाको तरंगमा तरंगित हुँदै
उठ्यो राम बहादुर
र गहिरिएर सम्झदै छ आफुले बिहानीमा देखेका
ती तिता-मिठा सपना   

साहुको ब्याज र रिन चुक्ता गरेर
बन्धकीमा परेको आफ्नो खेतबारी
साहुको हातबाट फिर्ता लिएको ,
छोरा र छोरीलाई इस्कुलमा शिक्षा- दिक्षा दिएर 
र ठुला र जिम्मेदार मान्छे बनाएको,
घरको छाना र दीवार मर्मत गरेको।

दसैंको मुखमा पत्नीलाई एकसरो सारी-चुरा
र छोरा-छोरिलाई आधुनिक कपडा
अनि आफुलाई चै एकसरो दौरा-सुरुवाल र ढाका टोपी
अनि दसैंको लागि एउटा ब्रोइलर कुखुरा
किनेर यसपालाको दसैं मानेको ।

पोहोराको दसैं पैसाको अभावमा मानिएन
छिमेकमा मासु पाक्यो, उस्कोमा साग र सिस्नु
छिमेकका केटाकेटीले नयाँ लुगामा पिङमा मच्चिये
तर उस्का भने उही पुरानो लगाएर भाडा-कुटी खेले।
घरका भित्ताबाट पानी निस्के , छानाबाट पानी चुहिए 
अनि उसका सबै सामान पानीको पोखरीमा भिजे।

राम बहादुर सम्झन्छ उसका सपना अगाडि
घरमा मिठो-मसिनो र धनीका जस्ता
धेरै नातेदार न आए नि कोही रातो टिका थाप्न आएको 
पोहोराको जस्तै जमरा खेर नगएको 
दुर्गामाताको अलिकती भए नि आशिस र कृपा पाएको ,
उसको सानो तर सुखी परिवारले लामो अन्तरालपछि
सँगै मिलेर दसैं मानेको र हासेको   

No comments:

Post a Comment