कोशीको त्यो बाढीमा
- प्रबिण ढुंगेल
कोशीको त्यो
बाढीमा
देख्दछु म जीवन
सकिएको
मानिसहरुको
घर-बार बगाएको
जिउने आधार
नाशिएको
पशुहरु बगएको ,
बस्ती नै बगएको
अमुल्य प्राणहरु
खोशिएको
सहयोगका लागि
गरिएका हार- गुहार बाढीमा मिसिएर बिलाएको
कसैका बर्तमान,
कसैका भबिश्य त कसैका अतित मेटिएको , नाशिएको
यो बाढीमा
देख्दछु म अनेक लीला
छ जताततै बिनाश र
मृत्युको लीला
कतै छ बनजंगलको
बिनाश त कतै बाटोघाटो र पुल पुलेशाको दुर्गति
कतै छ असपतालमा
बिमारिको लामो ताती
कतै छ कुहिएका
लाशहरुका नमिठो दुर्गन्ध
देख्दैछु म केही
समयअगाडि को सुन्दर र शान्त ठाउँ
अहिले मरुभुमीमा
परीणत भएको दुर्दशा
त्यो परीवेश
कुरुप र बिचलित बनेको
कोशीको त्यो
बाढीमा
देख्दैछु निर्दयी
बाढीले घरजग्गा बगाएको
र त्योसँगै
बिभिन्न रोगको महामारी ल्याएको
राजमार्ग काटेर
ठुलै ताल बनेको र बाढीको पानीमा
अाफ्ना घरबार ,
सन्तति, घर-परिवार , आफन्त , छरछिमेक,
खुशीयाली आदी सब
गुमाएका र मुस्किल ले ज्यान बचाएकाको अबिरल आशु मिशिएको
कोशीको त्यो
बाढीमा सुन्दैछु म मेरा दुबै कानले
ति कठै बिचरा
पीडितहरुको सरकार सँग गरिएका राहत र सहयोगको याचना
र तिनका चित्कार,
रोदन,क्रन्दन र बिलौनाहरु तेही बाढीमा बालुवाको पानी झै मिशिएर गायब भएको
No comments:
Post a Comment