हाम्रा वर्तमान नेता
-प्रबिण ढुंगेल
हाम्रा वर्तमान नेता देश
सपार्ने कुरा गर्छन्
तर सपार्छन आफ्नै
घर-परिवार र पार्टी ,
देशको मुहार बदल्ने कुरा
गर्छन्
तर बदल्छन् आफ्नै चरित्र
र पहिचान ,
यो गर्ने , त्यो गर्ने भन्छन
तर खास केही गर्दैनन ।
युगगामि- अग्रगामी परिवर्तनका भाषण
छाट्छन
तर उही ताल देखाउछन ,
वि. पि., मदन भण्डारी, गान्धी, लेनिन, मार्क्स आदिका सिदान्त
मान्नु पर्छ भन्छन
तर आँफै अनेक सिदान्त
बनाउदै र तोड्दै जान्छन ,
देशको विकास् गर्ने कुरा
गर्छन्
तर गर्छन् विनासै विनास ,
गर्छन् घ्रिणित राजनीति
सबैमा
चाहे सजिव होस् या
निर्जिव ।
विरामी देशको घाऊ निको
पार्ने वाचा गर्छन्
तर गर्छन् आफ्नै घाऊ निको
र
लाउछन देशको आलो घाउमा
नून थप्ने काम ।
अखन्ड राष्ट्र नेपालको
सपना देखाउछन जनतालाई
तर आँफै देशलाई
बिखन्डनतर्फ धकेल्दैछन
हाम्रा वर्तमान नेताहरु ।
गोलमेच सम्मेलन, भेट-वार्ता,बैठक गर्छन्
महँगो तारे होटेलहरुमा , समस्याको समाधान खोज्नलाई
र खान्छन् विभिन्न भेज र
नन - भेज परिकारहरु ,
देश र जनताका लागि
राजनीति गर्ने कसम खान्छन्
तर धन र सत्ताको खेलमा नै
सधैं व्यस्त रहने गर्छन्
हाम्रा नेताहरु ।
हाम्रा नेताहरु गुण्डाको
खेती गर्छन्
तर खेतिपाती गरी जीवन
धान्ने गरीब किसानहरुको
अनेकन समस्या नै हल
गर्दैनन् ,
नेपाली युवाहरुका लागि
उचित शिक्षा र रोजगारीको अवस्था सिर्जना गर्दैनन्
तर कुरा गर्छन् युवा हित र युवा नितिको ।
अब त अत्ती नै भयो हाम्रा
नेताहरु,
देश र जनताले धेरै
पर्खिएको संबिधान चाहियो ,
जन-आन्दोलन र जनयुद्धका
शहिदहरुको सपना पुरा हुनुपर्यो ,
जनताको त्याग र बलिदानको
सहि कदर हुनुपर्यो ,
नयाँ नेपालको खाका तयार
पार्नुपर्यो ।
नेताहरु हो , अब आफ्नालागि भन्दा बढी
देश र जनताका लागि सोच र
गर।
आपसी खटपट त्यागी नयाँ
नेपालको निर्माणका लागि
काधमा काध र हातमा हात
राखी अगाडि बढ,
नयाँ पहिचान र नयाँ
आत्म-सम्मानका साथ अगाडि बढ
हामी सबै जनता तिमीहरुलाई
साथ दिन तयार छौ
आफुमा नयाँ जोश र
परिवर्तनका लहर ल्याइ
देशको पुन: संरचना गर्न
अगाडि बढ
हाम्रा नेताहरु।।

No comments:
Post a Comment