Thursday, January 18, 2018

"तिमी र म "

तिमी वाह्य रुपको घमण्ड गर्छौ,
म तिम्रो भित्री सुन्दरताको
तिमी धनलाई सबथोक मान्छौ
म ज्ञानलाई सर्वोपरी मान्छु
तिमी देखावटी मायाको कुरा गर्छौ
म असली मायाको कुरा गर्छु
तिमी बिसेक भएर जाने बेखती घाउको कुरा गर्छौ
म कहिले निको नहुने खती घाउको कुरा गर्छु
तिमी चन्द्रमालाई शीतल र शान्त देख्छौ
म सूर्यलाई शीतल र शान्त देख्छु
तिमी आकाररुपी पुस्तक पढ्छौ
म जीवनरुपी पुस्तक पढ्छु
तिमी भौतिक बललाई बल ठान्छौ
म मानसिक बललाई बल ठान्छु
तिमीलाई काँडारुपी गुलाफको फुल मन पर्छ
मलाई त्यो फुलसङ्गै आउने काँडा मन पर्छ
तिमी दुनियाँ र समाजलाई गुनी, इमानी र सुखी देख्छौ
म दुनियाँ र समाजलाई बैगुनी, बेइमानी र दु:खी देख्छु
तिमीलाई रह्स्यको जाल गाँठो कस्न मन पर्छ
मलाई रहस्यको जालको गाँठो फुकाउन मन पर्छ
तिमीलाई रातो रङ्ग मन पर्छ
--- जुन मलाई रगतको रङ लाग्छ
र, मलाई कालो रङ मन पर्छ
--- जुन तिमीलाई अज्ञानता र अन्धकारको रङ लाग्छ
तिमीलाई पिज्जा र बर्गर मन पर्छ
मलाई दाल भात डुकु र मकै भटमास मन पर्छ
हामी दुईबिच यती धेरै बेमेल छ ,
अनी कहाँं हुन्छ त हाम्रो मेल

No comments:

Post a Comment