श्रम,
पसिना,
रगत,
आफुले पाएका दु:ख
सन्ततिले नभोगुन् र
थोरै भए पनि मध्यम विलासितापूर्ण
जीवन यापन गरुन् भन्ने सपना
र
आशै आशमा ;
अलिकता सुख
र
अलिकता दु:ख
बेचेर
आफ्नो र आफ्नो परिवारको
जिन्दगी
साँच्ने,
बाँच्ने
श्रमजिवी जनताहरु
भोकमरी,
तनावै तनाव
र
कोरोना त्रासका
कारण
विस्तारै विस्तारै
मृत्यु अङ्गाल्दैछन्
तर
......
.......
........
.........
सरकार चै
कुर्सी,
सत्ता,
शक्ति
र स्वार्थको
हिसाबकिताब ,
बाँडफाँड
र
हँसीमजाक गर्न
अनि ,
फजुल खर्च
र
भ्रस्टाचार
गर्नमा नै
व्यस्त
अभ्यस्त
छ। ©प्रविण ढुङ्गेल
No comments:
Post a Comment