Thursday, October 15, 2020

देशको सरकार

देशको सरकार 

फरार छ,  

मौन छ,

व्यस्त अभ्यस्त छ,

निरीह छ, 

लाचार छ,

पावरलेस छ, 

भिजन र मिसन लेस छ ,

अस्तव्यस्त छ अनि

अता पता लापता छ 

त केवल

चुनावमा अमुल्य भोट खसाली 

कुर्सी र सत्तामा पुर्याएर सुराएर ,

आफैंमाथि शासन गर्न

प्रतिनिधि बनाएका

भोइसलेस, पावरलेस , हिम्मत-लेस अनि 

केयरलेस , निर्दोष , निस्चल, निस्छल

भुइँमान्छेहरुका 

लागि ! ! !

No comments:

Post a Comment