Monday, September 16, 2019

खोइ ? ? ?

आज बाल दिवस अर्थात,
बालबच्चाको लागि एकदमै बिशेष दिन रे !
तर ,
खोइ त सडक बालबालिकाहरुको पिर मर्का बुझेको ?
खोइ त होटेलमा श्रमिक बन्न वाध्य बालकहरुको दु:ख बुझेको ?
खोइ त बसपार्कमा चर्को घाममा पानी र खाजा बेच्नेहरुका समस्या सुल्झेको ?
खोइ त न्युरोड गेटतिर पसल थापेका बालकहरुका समस्या सुल्झेको?
खोइ त गामबाट शहर ल्याइएका बालकहरुको उद्दार भएको?
खोइ त मठ-मन्दिरमा माग्न बेबस बालकहरुलाई साथ, सहयोग र हौशला मिलेको?
खोइ त गामबाट इन्डियाको सर्कसमा बेचिएकाहरुको उद्दार भएको?
खोइ त न्याय ?
खोइ त सरसहयोग ?
खोइ त पर्याप्त माया पिरेम ?
खोइ त उनीहरुलाई साँचो अर्थमा बाल दिवसको एहसास भएको ? ? ?

No comments:

Post a Comment