Monday, September 16, 2019

त्यो जवान युवक

त्यो जवान युवक जसलाई समाजले
बेरोजगार र आवाराको ट्याग लगाएको छ,
उ पलपल आफ्नो बुढा भाको बा,
दम र खोकीले दिनरात तड्पिने आमा,
कलकलाउदो बैसमा घरखर्च टार्न ओभर टाइम गर्ने दिदी

आफु स्वयमका लागि सुन्दर सपना साचेर काठमाडु
जस्तो विराट, विशाल र साँघुरो शहरमा दिन र रात
डिग्री र सर्टिफिकेट बोकी लखतरान , अनवरत
कर्पोरेट संस्थानहरुको ढोका ढकढकाउदै छ
र;
केही सिप नलाएशी चुरोटको धुवाँसङ्गै आफु
र पिर मर्कालाई हावामा उडाउदैछ।

No comments:

Post a Comment