Monday, September 16, 2019

शहीदगेट

शहीदगेटको त्यो प्रतिमा,
देशका लागि प्राणको आहुती दिने
ति अमर अजहर चार शहीद
अनि,
जन आन्दोलन र जनयुद्धमा बलिदानी दिने
ति सबैका आत्माहरुले एकै स्वरमा
वर्तमान नेताहरुलाई प्रश्न गर्दा हुन् ?
हामीले कस्तो नेपालको परिकल्पना गरेका थियौ ?
र तिमीहरुले देशको हाल कस्तो गर्यौ ??
हामीले जनताका हितमा काम गर्न सुझाएका थियौ
तर , तिमीहरु त आफ्नै दुनो सोझ्याउन तत्पर छौ ! किन ? ?
लडाईं लड्न केवल जनताका छोराछोरीहरुलाई पठायौ
तर, आफ्ना सन्ततिहरुलाई चै ऐश-ओ-आरामको बातावरण दियौ ! किन ??
प्रगतीशील भाषण र झुठा वादा गरेर जनताका मन जित्यौ (आफ्नै आँखामा)
तर, ग्रामीण नेपालमा त तिमीहरुका भाषणको केही प्रभाव नै छैन ! किन ??

No comments:

Post a Comment